यस बर्षको नोबेल पुरस्कार समारोह नहुने

कोरोना भाइरसको संक्रमणका कारण विश्वको चर्चित नोबेल पुरस्कार समारोह रद्द गरिएको छ।

यसको जानकारी मंगलबार आयोजक नोबेल फाउन्डेशनले दिएको हो। नोबेल फाउन्डेसनका निर्देशक लार्स हेकिङ्स्टनले भने, ‘कोरोनाको महामारी फैलिरहेको बेला नोबेल सप्ताहको आयोजना गर्नु उपयुक्त समय होइन। यो वर्ष सबैका लागि विशेष बन्न गएको छ। मानिसहरूले कोरोनाका कारण केही न केही छोड्नु परिरहेको छ। नयाँ सम्भावनालाई हामीले स्वीकार गर्नुपर्ने हुन्छ।’

विश्वको सर्वाधिक सम्मानित नोबेल पुरस्कारको स्थापना अल्फ्रेड नोबेलको नाममा सन् १९०१ मा भएको हो। नोबेल तर्फ ६ विभिन्न विधामा पुरस्कार दिने गरिन्छ। हालसम्म ९ सय ५० जनाले नोबेल पुरस्कार प्राप्त गरिसकेका छन्। 

सन् १९०१ देखि २०१९ सम्म २७ पल्ट यसको आयोजना भएको छ। यसमा ९१९ जना एकल मानिसले नोबेल पुरस्कार प्राप्त गरेका छन् भने २४ वटा पुरस्कार समूहमा गएको छ। यस वर्ष यो पुरस्कार समारोह १० डिसेम्बरमा हुने तय थियो।

प्रकाशित मिति: : 2020-07-22 07:18:04

प्रतिकृया दिनुहोस्