म्यानचेस्टर सिटीको फराकिलो जित

एजेन्सी

काठमाडौं

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वार्टफोर्डमाथि फराकिलो जित निकालेको छ। भिकारेज रोड स्टेडियममा भएको खेलमा सिटीले वार्टफोर्डमाथि ४-० को फराकिलो जित निकालेको हो।

सिटीको जितमा रहिम स्टर्लिङले २ गोल तथा फिल फोडेन र ऐमेरिक लापोर्टेले १/१ गोल गरे।

खेलको ३१ औं मिनेटमा सिटीलाई अग्रता दिलाएका स्टर्लिङले ४० औं मिनेटमा दोस्रो गोल पनि थपे।

पहिलो हाफमा दुई गोलले अघि रहेको सिटीका लागि ६३ औं मिनेटमा अर्को गोल थपे। त्यस्तै केभिन डि ब्रुइनको पासमा लापोर्टले ६६ औं मिनेटमा गोल गर्दा सिटीले ४-० को सहज जित निकाल्न सफल भयो।

जितसँगै सिटी ७८ अंकजोडेर दोस्रो स्थानमा यथावत छ। उता वार्टफोर्डका लागि भने सिटीसँगको हार महँगो परेको छ। अर्को खेलमा एस्टोन भिल्लाले आर्सनललाई हराएपछि वार्टफोर्डलाई पछि पार्दै रेलिगेशन जोनभन्दा एकस्थान माथि उक्लिएको छ भने वार्टफोर्ड रेलिगेशन जोनमा झरेको छ। वार्टफोर्डको ३४ अंक छ।

प्रकाशित मिति: : 2020-07-22 07:39:09

प्रतिकृया दिनुहोस्