इजराइलमा नर्सहरूको आन्दोलन स्थगित

एजेन्सी

इजराइल

इजराइली अस्पतालमा कर्मचारीको न्युन उपस्थिति तथा काम गर्ने खराब वातावरणका कारण हड्तालमा उत्रिएका नर्सहरू पुनः काममा फर्किएका छन्।

उनीहरू अस्पतालमा कर्मचारीको संख्या थप्नुपर्ने तथा काम गर्ने ठाउँको आधुनिकीकरण गर्नुपर्ने भन्दै दुई दिनअघि आन्दोलनमा उत्रिएका थिए।  

इजराइलमा अहिलेसम्म कोरोनाबाट ५४ हजार ४२ मानिस संक्रमित भइसकेका छन्। जसमा ४ सय २२ जनाको ज्यान गएको छ। सरकार २ हजार नर्सहरू थप्न र अस्पतालमा आवश्यक सामान, उपकरण तथा वार्डहरूको संख्या बढाउन राजी भएपछि आन्दोलन टुँगिएको हो। नर्सहरू गत सोमबारदेखि हड्तालमा थिए। 

स्वास्थ्य मन्त्री युली इडेल्सटेन र अर्थ मन्त्री इजराइल कार्जले २ हजार नयाँ नर्स थप्ने कुरामा सहमति भएको बताए। उनीहरूले नर्सहरूका लागि ४ सय डाक्टर र ७ सय सहायक कर्मचारी सहयोगीको भूमिकामा रहने बताए।

प्रकाशित मिति: : 2020-07-22 08:44:32

प्रतिकृया दिनुहोस्