कोरोना फैलिने डरले फिलिपिन्सले छोड्यो २१ हजार कैदी

एजेन्सी

फिलिपिन्स

कोरोनाको फैलदो खतराका बीच फिलिपिन्स सरकारले २१ हजार कैदीलाई थुनामुक्त गरेको छ।

फिलिपिन्स सरकारका सचिव इडुआर्डो एनोले बुधबार यसको पुष्टी गर्दे देशमा फैलिरहेको कोरोना संक्रमणको घटनालाई ध्यानमा राखेर यस्तो काम गरिएको बताए। उनले १७ मार्चदेखि १३ जुलाईको बीचमा देशको ४ सय ७० जेलबाट कैदी थुनामुक्त गरिएको बताए। 

फिलिपिन्समा कारागारको क्षमताभन्दा बढी कैदी भएको बताइन्छ। यसै कारण कैदीलाई थुनामुक्त गरिएको पनि स्थानीय अखबारले लेखेका छन्। 

फिलिपिन्समा हाल ७२ हजार २ सय ६९ फेला परेका छन्, जसमा १८ सय ४३ जनाको निधन भइसकेको छ। यहाँ बुधबार मात्र १५ सय ५ नयाँ संक्रमित देखा परेका थिए।

प्रकाशित मिति: : 2020-07-23 08:10:07

प्रतिकृया दिनुहोस्