सुशान्तको आत्महत्या प्रकरणः अब डिजिटल विरोध सुरु 

एजेन्सी

मुम्बई

आत्महत्याको ३८ दिनपछि बलिउड कलाकार सुशान्त सिंह राजपूतलाई न्याय दिन उनको शुभचिन्तकहरूले ‘डिजिटल प्रोटेस्ट’ सुरु गरेका छन्। यो प्रदर्शन वकिल इशकरणको अपीलपछि सुरु भएको हो। 

‘ह्यास ट्याग क्यानडिल फर एसएसआर’ नाम दिइएको विरोध प्रदर्शनमा सुशान्तलाई श्रद्धान्जली दिइएको छ। यसमा प्रधानमन्त्री मोदीलाई सुशान्तको निधनको घटना सीबीआईबाट छानवीन गराउन माग गरेका सांसद सुब्रहमण्यम स्वामी पनि सहभागी छन्। उनले बलिरहेको मैनबत्तिसँग आफ्नो फोटो पनि शेयर गरेका छन्। 

सोशल मिडियामा हरेक दिन उनका समर्थकले न्यायका लागि नयाँ नयाँ ह्यास ट्यागको प्रयोग गरिरहेका छन्। पछिल्लो समय बलिउड कलाकार रिया चक्रवर्ती, रुपा गांगुली र शेखर सुमनले पनि सुशान्तको आत्महत्या प्रकरणको छानवीन सीबीआईले गर्नुपर्ने माग गरेका छन्। 

डिजिटल प्रदर्शनमा सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखण्डे पनि समावेश भएकी छिन्। अंकिताले पनि दियो बालेर सुशान्तको आत्मको लागि शान्तिको कामना गरिन्। 

सुशान्तको निधन बलिउडमा मौलाउँदै गरेको नाता तथा कृपावादले भएको आरोप नायिका कंगना रनोटले लगाउँदै आइरहेकी छिन्। उनले यसमा महेश भट्ट र करन जौहरलाई मुख्य अभियुक्त मानेकी छिन्।

प्रकाशित मिति: : 2020-07-23 09:03:26

प्रतिकृया दिनुहोस्