चेल्सीविरूद्ध लिभरपुलको शानदार जीत

एजेन्सी

काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले चेल्सीमाथि शानदार जीत निकालेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई ५–३ गोल अन्तरले हराएको छ । एनफिल्डमा लिभरपुलसँगको हारसँगै चेल्सीको शीर्ष चारको यात्रा कठिन बनेको छ । अब चेल्सीले शीर्ष चारमा स्थान बनाउनको लागि अन्तिम खेलमा वल्भ्सलाई पराजित गर्नुपर्ने हुन्छ ।

तेस्रो र पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीचको खेलले पनि चेल्सीको शीर्ष चारको यात्रालाई तय गर्नेछ ।

लिभरपुलको जीतमा नावी केइटा, ट्रेन्ट एलेक्सन्डर अर्नोल्ड, जर्जिन्हो विज्नल्डम, रोवर्टो फिर्मिन्हो र एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरे । चेल्सीका ओलिभर जिरुउड, टम्मी अब्राहम र क्रिस्टियन पुलिसिसले गोल गरे ।

लिभरपुलसँगको हारसँगै चेल्सी ६३ अंक जोडेर चौथो स्थानमा झरेको छ । समान ६३ अंक रहेपनि म्यानचेस्टर युनाइटेड गोल अन्तरमा तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९६ अंक पुगेको छ । च्याम्पियन बनेको लिभरपुलले यही खेलपछि नै प्रिमियर लिगको ट्रफी उचालेको छ।

प्रकाशित मिति: : 2020-07-23 10:02:57

प्रतिकृया दिनुहोस्