पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्षले भने– भारतलाई खुसी पार्न पाकिस्तान पछि लाग्दैन

एजेन्सी

इस्लामाबाद

पाकिस्तान क्रिकेट संघ (पीसीबी) का अध्यक्ष एहसान मनीले भारतसँग द्धिपक्षीय क्रिकेट शृंखला खेल्न आफूहरू तयार रहेको तर यसका लागि बारम्बार भारतीय क्रिकेट संघ (बीसीसीआई) को पछाडि लाग्न नसक्ने बताएका छन्। 

उनले बीसीसीआईलाई थुप्रै पल्ट आफूले यसको जानकारी दिएको तर उसलाई खुसी पार्न आफू नलाग्ने बताए। 

भारत–पाकिस्तान श्रृंखलाको विषयमा गरिएको एउटा प्रश्नमा उनले भने, ‘मेरो भनाई पनि हो र मैले बीसीसीआईलाई आफूहरू भारतसँग खेल्न तयार रहेको बताएको थिए। तर, हामीहरू उनीहरूलाई खुसी पार्न बारम्बार पछाडि लागिरहन सक्दैनौं। यो उनीहरूमा निर्भर पर्छ, उनीहरू हामीसँग खेल्न तयार छन कि छैनन्?’ 

उनले क्रिकेट प्रेमीहरू पाकिस्तान–भारतबीचको खेल हेर्न इच्छुक रहेको तर नेताहरूले चाहना नराख्ने बताए। ‘पाकिस्तान र भारतबीचको खेल टेलिभिजनबाट प्रत्यक्ष २० देखि २५ करोड मानिसले हेर्ने गर्छन। यसले बताउँछ, दुई देशबीचको खेललाई लिएर क्रिकेट प्रेमी कति उत्साही छन् भन्ने तर केही राजनेता यस्तो हुन दिँदैनन्,’ उनले भने। 

पाकिस्तानका पूर्व तीब्र बलर सोएब अख्तरले कोरोना भाइरसविरूद्धको लडाईमा पैसा संकलन गर्न भारत–पाकिस्तानबीच च्यारेटी खेल्नु पर्ने बताएका थिए। यसमा पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले पनि समर्थन गरेका थिए। तर, भारतीय कप्तान कपिल देवले अस्विकार गरेका थिए। कपिलले भारतीय जनतालाई खतरामा पारेर पैसा कमाउनु नहुने बताएका थिए। उनले भारतलाई पैसाको आवश्यकता नरहेको पनि बताएका थिए। 

पाकिस्तान र भारतबीच सन् २०१२ को डिसेम्बरदेखि द्धिपक्षीय श्रृंखला भएको छैन। भारतमा भएको ३ एकदिवसीय शृंखला पाकिस्तानले २–१ ले तिरेको थियो।

प्रकाशित मिति: : 2020-07-24 12:08:33

प्रतिकृया दिनुहोस्