भाग्यमानी रञ्जन : प्रधानन्यायाधीशको चित्तमा खाएपछि एक सातामै फैसला, अर्को साता रिहाइ

सरकारी वकिलको त्रुटीपूर्ण दावीका यस्ता छन् आधार

काठमाडौं- असार १५ गते प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको इजलाशमा १५ थान मुद्दा पेशी चढेका थिए। 

त्यसमध्ये छैटौं नम्बरमा रहेको एक मुद्दामा गरेको अस्वाभाविक फैसलाले उनीहरु अहिले विवादमा छन्। दोस्रो पेशीको १ नम्बरमा रञ्जन कोइराला र सरकारी पक्षले तारा रेग्मी समेतलाई विपक्षी बनाई दायर गरेको मुद्दाको पेशी थियो। 

२०७३ जेठ २२ मा रञ्जन र २०७५ जेठ २२ मा सरकारी वकिल सर्वोच्च पुगेका थिए।  उक्त मुद्दा एकपछि अर्को इजलाश हुँदै पेशी सर्दै आएको थियो।  प्रधानन्यायाधीश राणाले असार १५ गते देशभर लकडाउन चलिरहेको समयमा सुनुवाइ सुरु गरे। सुनुवाइको दिनमा उक्त मुद्दा हेर्न नभ्याइने लहरमा थियो । तर राणाको इजलाशले उक्त दिन सक्ने भन्दै पक्षका कानुन व्यवसायीलाई  छोटो बहस गर्न लगायो। सरकारी वकिलले पनि जिल्ला र उच्चले ठहर गरेको मुद्दा भएकाले सफाइ नहुने तर्क राखे । करिब २० मिनेटमा सरकारी पक्षले बहस समाप्त गरे। 

कोइरालाको मुद्दा हुँदा उच्च अदालत पाटनमा सरकारी वकिलले करिब एक दिन लगाएर बहस गरेका थिए।  सुनुवाइ सकिएलगत्तै राणाले फैसला हुने जानकारी गराए । राणासहितको इजलाशले रञ्जन कोइरालालाई सफाइ दिन नमिल्ने निर्णय सुनायो । रञ्जनकी प्रेमिका तारा रेग्मीलाई भने सफाइ दियो । 

प्रकाशित मिति: : 2020-07-25 08:42:28

प्रतिकृया दिनुहोस्