नेविसंघले लगायाे त्रिवि डीन कार्यालयमा ताला

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डीन कार्यालयमा ताला लगाएको छ।

नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले आइतबार एक विज्ञप्ति जारी गर्दै डीन कार्यालयमा ताला लगाएको जानकारी दिएका हुन्।

नेविसंघका मागबारे छलफल नगरी त्रिवि पदाधिकारीले पेलेर जाने रणनीति लिएकोले बाध्य भएर ताला लगाउनुपरेको उनले बताए।

त्रिविले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई त्रिविमा भर्ति गराएको भन्दै नेविसंघ त्रिवि समितिले यसअघि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा पनि तालाबन्दी गरेको छ।

नेविसंघले राखेका २० सुत्रिय माग पूरा गर्न त्रिवि पदाधिकारीले वेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ। नेविसंघको आरोप छ। 

प्रकाशित मिति: : 2020-07-26 11:19:25

प्रतिकृया दिनुहोस्