आईसीसी डेभलपमेन्ट अवार्ड घोषणा

एजेन्सी

काठमाडाैं

 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आईसीसी डेभलपमेन्ट अवार्ड घोषणा गरेको छ।

 वर्ष २०१९ मा एसोसिएट राष्ट्रहरुले गरेको प्रगतिको आधारमा आईसीसीले विभिन्न विधामा उत्कृष्ट एसोसिएट राष्ट्रको घोषणा गरेको हो। 

जसमा पपुवा न्यु गिनी, नामिबिया, रुवान्डा, जापान, थाइल्याण्ड, फिनल्याण्ड उत्कृष्ट भएका छन्।

गेरी निकोल्स सहभागिता अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी), सय प्रतिशत सहभागिता कार्यक्रम अन्तर्गत रुवान्डा, आईसीसी एसोसिएट सदस्यमा पुरुषतर्फ उत्कृष्ट प्रदर्शन गर्ने नामिबिया, एसोसिएट तर्फको महिलामा उत्कृष्ट प्रदशन गर्ने राष्ट्रमा थाइल्यान्ड, क्रिकेटको लागि राम्रो अनुयायी गरेको संघमा जापान, डिजिटल प्रविधिसँग जोडिएर फड्को मार्ने देशमा फिनल्यान्ड उत्कृष्ट भएका हुन्।

सन् २०१९ मा पीएनजीले क्रिकेट सहभागितामा तीव्ररुपमा विकास गरेको थियो। पीएनजीमा सन २०१९ मा लैङ्गिक समानताको आधारमा २ लाख ३५ हजार मानिस क्रिकेटमा संलग्न रहेकोले उक्त अवार्ड जितेको हो। 

आईसीसी एसोसिएट सदस्यको रुपमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रको अवार्ड नामिबियाले जित्न सफल भयो। 

थाइल्याण्डले आईसीसी महिला एसोसिएट राष्ट्रको रुपमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रको अवार्ड जितेकाे छ।

सय प्रतिशत महिला सहभागितातर्पको अवार्ड एसियाको भुटान, अमेरिकाको चिली, एसिया प्यासफिकको इन्डोनेसिया र युरोपको स्कटल्याण्डले पाएका छन्।

 

 

प्रकाशित मिति: : 2020-07-27 21:06:11

प्रतिकृया दिनुहोस्