भ्यालेन्सियाका तोरेसलाई अनुबन्ध गर्ने सिटीकाे तयारी

एजेन्सी

काठमाडाैं

इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भ्यालेन्सियाका विङ्गर फेरान तोरेसलाई अनुबन्ध गर्ने भएकाे छ।

पेप गार्डिवलाको टिम सिटीले लिरोय सानेको स्थानमा २० वर्षे तोरेसलाई ल्याउने तयारी गरेको हो।  

जर्मन फरवार्ड सानेले बुण्डेस लिगा जाइन्ट बार्यन म्युनिखका लागि म्यानचेस्टर सिटी छोडेका हुन्। 

ला लिगा क्लबसँग तोरेको अझै एक वर्षको सम्झौता छ। तर सिटीलाई भ्यालेन्सियाले तोरेसका लागि ४० मिलियन पाउण्ड माग गरेको छ।

 प्रिमियर लिगमा दोस्रो भएको सिटीले यो समर विण्डोमा सेन्टर डिफेन्डरहरु पनि अनुबन्धित गर्ने तयारी गरेको छ।
 

प्रकाशित मिति: : 2020-07-28 06:57:09

प्रतिकृया दिनुहोस्