‘प्रधानमन्त्रीले हामीलाई हुल्लडबाजहरु भन्दिनुभो’

अनलाइनखबर

काठमाडौँ

पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त पार्टीभित्र माधव नेपाल निकट नेताका रुपमा चिनिन्छन् । गत जेठमा स्थायी कमिटीको बैठक चाहियो भनेर माग गर्ने २० नेतामध्ये पन्त पनि एकजना हुन् ।

पन्तलगायतका नेताहरुले गरेको मागअनुसार असार १० गतेदेखि नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्यो पनि । तर, अहिलेसम्म बैठकले कुनै निकास दिन सकेको छैन । यसैवीच आज (साउन १३ गते) का लागि बोलाइएको बैठक पनि वीचैमा स्थगित भएको सूचना आएको छ ।

स्थायी कमिटीको बैठक माग गर्ने नेता पन्तसँग हामीले बारम्बार एउटै प्रश्न दोहोर्‍याएर सोध्यौं– बैठकका एजेण्डाहरु तय गरिसकेर फेरि दुई अध्यक्षवीच सहमत खोज्ने भन्दै किन जात्रा देखाएको ?

स्थायी कमिटी सदस्य पन्तले भने बैठक अहिलेसम्म अगाडि बढ्न नसक्नुमा प्रधानमन्त्री केपी ओली जिम्मेवार रहेको बताए ।

नेकपा स्थायी कमिटीको बैठकमाथि केन्द्रित रहेर पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश :

प्रकाशित मिति: : 2020-07-28 11:54:36

प्रतिकृया दिनुहोस्