सरिता गिरीको ठाउँमा सांसद बनेकी लिलादेवी सिटौलाले लिइन् सपथ

सरिता गिरीको ठाउँमा समाजवादी पार्टीबाट लिलादेवी सिटौला समानुपातिक सांसद बनेकी लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

बुधबार सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका हुन्।

सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि सीमाबार विवादस्पद बोलेपछि समाजवादीले गिरीलाई सांसद नरहने गरी कारबाही गरेको थियो। 

असार ८ गते समाजवादी पार्टीको पदाधिकारी बैठकले सांसद गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टीले त्यतिबेला उनलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिने निर्णय गरे पनि उनले स्पष्टीकरण दिएकी थिइनन्। 

सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्। सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध पनि उनले संशोधन राखेकी थिइन्। 

जेठ ५ गते मन्त्रिपरिषद्ले कालापानी-लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा पास गर्‍यो। जेठ ९ गते निशान छापमा अंतिक भएको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरायो। आम नेपालीले सरकारको यस कदमलाई स्वीकार गरिरहेका बेला गिरी भने विपक्षमा उभिएकी थिइन्।  

कारबाही पश्चात समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका १३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको थियो।

उक्त पार्टीको निर्णयअनुसार निर्वाचन आयोगले सिटौलालाई सांसद पदमा निर्वाचित भएको घोषणा गरेको थियो।

प्रकाशित मिति: : 2020-07-29 13:47:16

प्रतिकृया दिनुहोस्