प्रदेश १ का सभामुख क्वारेन्टाइनमा

 प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी क्वारेन्टाइनमा बसेका छन्। आफ्नै घरपरिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि उनलाई क्वारेन्टाइमा बसेका हुन्।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार स्वाब परीक्षण गर्दा परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएको थियो।

चारदिन अगाडि परिवारका सदस्यमा ज्वरो देखिपछि हिजाे सभामुख भण्डारीसहित परिवारका बाँकी सदस्यहरुको स्वाब संकलन गरिएको थियो।  

उनको स्वाब परीक्षणको रिपोर्ट बिहिबार नेगेटिभ आएको सभामुख भण्डारीको सचिवालयले जनाएको छ। 

रिपाेर्टमा परिवारका सदस्यमा काेराेना पाेजेटिभ देखिएपछि सभामुख भण्डारी घरैमा अलग्गै क्वारेन्टाइनमा बस्न थालेको बुझिएको छ। 

थप १८ संक्रमित थपिए

बिहीबार प्रदेश १ मा १८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १/१ पुरुष, उदयपुरको वेलकामा १ महिला, १ पुरुष र सोलुखम्वुको दुधकुण्डमा २ पुरुषमा काेराेना संक्रमण देखिएकाे छ। 

याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ।

प्रदेश १ मा आज ४२ जना डिस्चार्ज भएका छन्। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ३४ पुरुष, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ पुरुष र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश महेताले बताए।

प्रदेश १ मा आजसम्म ७ सय ८९ जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा आज ६ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको छ।

प्रकाशित मिति: : 2020-07-30 17:53:51

प्रतिकृया दिनुहोस्