सोनिया गान्धी अस्पतालमा भर्ना

भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पतालमा भर्ना भएकी छिन्। बिहीबार साँझ ७ बजे गान्धीलाई दिल्लीको सर गंगाराम अस्पताल भर्ना गरिएको हो। 

गान्धीलाई पेटको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको केही भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।  

अस्पताल बोर्डका अध्यक्ष डा.डिएस राणाकाअनुसार गान्धीलाई नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना गरिएको हो। अहिले उनको अवस्था स्थिर रहेको छ। 

यसअघि फब्रुअरी २, २०२० मा पनि गान्धी पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन्। 

त्यसबेला उनलाई भेट्न थुप्रै नेताहरु पुगेका थिए। ७३ वर्षीया गान्धी केही वर्षयता स्वास्थ्य समस्याहरुसँग संघर्ष गर्दै आएकी छिन्। 
 

प्रकाशित मिति: : 2020-07-31 06:02:34

प्रतिकृया दिनुहोस्