कोरोनाबाट अमेरिकी राष्ट्रपतिका पूर्वउम्मेदवारको निधन

एजेन्सी

काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष समर्थक तथा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका लागि पूर्वउम्मेदवार बनिसकेका हरमन क्यानको बिहीवार कोरोनाका कारण निधन भएको छ । उनी राष्ट्रपति ट्रम्पका साथी थिए ।

उनले सन् २०१२ मा अमेरिकी राष्ट्रपतिको लागि उम्मेदवारी दिएका थिए । उनी ट्रम्पको टुलसा र्यालीमा सहभागी बनेपछि कोरोना संक्रमित भएको पाइएको थियो ।

७४ वर्षका हरमनको निधनमा ट्रम्पले दुख व्यक्त गरेका छन् । उनलाई २९ जूनमा कोरोना पोजेटिभ पाइएको थियो ।

प्रकाशित मिति: : 2020-07-31 12:37:38

प्रतिकृया दिनुहोस्