अमरसिंह थापाको स्मृतिमा गोरखाको सिरानचोकमा सार्वजनिक बिदा

राष्ट्रिय विभूति अमरसिंह थापाको २०४औं स्मृति दिवसमा गोरखाको सिरानचोक गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।थापाको सम्मान र सम्झनामा सार्वजनिक बिदा दिइएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

‘विभिन्न इतिहासमा अमरसिंह थापा सिरानचोकमा जन्मिएको उल्लेख छ,’ उनले भने, ‘थापाको योगदानको कदर गर्दै उहाँ जन्मिएको गाउँपालिकामा सार्वजनिक बिदा दिएर विशेष कार्यक्रम गरी दिवस मनाउन लागेका हौँ ।’ अमरसिंह थापा सिरानचोकमा जन्मिएको इतिहासमा पाइए पनि कुन वडामा जन्मिएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । अमरसिंह थापाको विस्तृत खोज तथा अनुसन्धानका लागि एक विज्ञ समूह बनाइएको छ ।

सिरानचोक गाउँपालिकाको गाखुस्थित डाडेमा अमरसिंह पार्क निर्माण कार्य सुरु गरिएको पनि गुरुङले बताए । चार रोपनी क्षेत्रफलमा बन्ने पार्कभित्र अमरसिंह थापाको सालिकलगायतको संरचना वबनाइने उनले बताए ।

प्रकाशित मिति: : 2020-07-31 12:42:56

प्रतिकृया दिनुहोस्