दुबईमा ४ बच्चा जन्माएकी नाइजेरियाली परिवारको बिल युएईका युवराजले तिरिदिए  

युनाईटेड अरब इमिरेट्स (युएई) का युवराज शेख हमद बिन मोहम्मद बिन रसिद अल मख्दुमले दुबईको एक अस्पतालमा आर्थिक संकटबाट जुधिरहेको एक परिवारको सबै बिल चुक्ता गरिदिएका छन्। 

२९ वर्षीय सुलियात अब्दुलकरिमले गत जुलाई १ मा दुबईको लतिफा अस्पतालमा दुई छोरा तथा दुई छोरी गरि ४ जनालाई जन्म दिएकी थिइन्। नाइजेरियाकी अब्दुलकरिमको इन्सुरेन्स थिएन त्यसैले उनलाई दुबईमा बसोबास गरिरहेका नाइजेरियाली समूदायले १५ हजार ९ सय रुपैयाँ उठाएर दिएका थिए। 

उनीहरूको अवस्थाको विषयमा अंग्रेजी न्युज एजेन्सी सीएनएनले हालै एउटा रिपोर्ट तयार पारेको थियो। यो खबर थाहा पाएपछि युवराज अल मख्दुम स्वयम अस्पताल पुगेका थिए। बच्चाका बाबु ३२ वर्षीय तिजानी अब्दुलकरिमले आफ्नो परिवारलाई भेट्न अस्पतालमा आउँदा आफू स्तब्ध भएको सीएनएनलाई बताए। 

‘म यति धेरै बिल कसरी चुक्ता गर्ने भन्ने तनावमा थिए, ’ उनले भने। युवराजको निगाह आफ्नो परिवारमा परेपछि अब्दुलकरिम परिवारले दुई छोराको नाम नै युवराजको नामबाट राख्ने योजना बनाएको परिवारीक श्रोतले जनाएको छ। नाइजेरियन न्युज एजेन्सी नाइजाका अनुसार युवराजले १ लाख ६८ हजार डलर अब्दुलकरिम परिवारलाई उपलब्ध गराएको छ।

प्रकाशित मिति: : 2020-07-31 14:39:15

प्रतिकृया दिनुहोस्