धादिङले बन्द गर्‍यो अन्तरजिल्ला सवारी पास

जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा सवारीसाधनको आवतजावतका लागि उपलब्ध गराउँदै आएको सवारी पास प्रदान गर्न बन्द गरेको छ।

शुक्रवार सूचना जारी गर्दै काठमाडौंलगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने गरेको पास हाललाई बन्द गर्ने निर्णय भएको जनाइएको हो।

विभिन्न जिल्लाबाट नागढुंगाहुँदै काठमाडौं प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरसको संक्रमण देखिन थालेकाले हाललाई पास बन्द गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2020-08-01 00:14:26

प्रतिकृया दिनुहोस्