पोर्चुगलमा रेल दुर्घटना हुँदा दुईको मृत्यु, ३० घाइते

एजेन्सी

काठमाडाैं

पोर्चुगलमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। 

शुक्रबार तिब्र गतिमा सउरी शहरबाट उत्तरतर्फ गइरहेको बेलामा उक्त रेल  दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ।

‘ट्रेन मेन्टेनेन्स मेसिन'सँग ठोक्किएपछि दुर्घटना भएकाे रेलमा सवार ३० जना घाइते भएका छन्।

High speed train derailed after hitting vehicle in Portugal ...

पोर्चुगलको सबैभन्दा तिब्र रेल मानिने ‘अल्फा पेन्डुलर’ रेलमा २४० यात्रु सवार रहेका थिए। 

हाल घाइतेहरुकाे उद्धार कार्य जारी रहेको स्थाननिय अधिकारीहरुले जनाएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएकाे छ। 

प्रकाशित मिति: : 2020-08-01 07:03:12

प्रतिकृया दिनुहोस्