उपरथी हमालले सम्हाले यूएन फोर्स कमान्डको जिम्मेवारी

नेपाली सेनाका उपरथी ईश्वर हमाल संयुक्त राष्ट्र संघ (यूएन) को फोर्स कमान्डरको भूमिका निर्वाह गर्न सिरिया पुगेका छन्।

सिरियास्थित संयुक्त राष्ट्र संघ डिसइनगेजमेन्ट अब्सर्भर फोर्स मिसनको प्रमुखको रुपमा उनले साउन १२ गतेदेखि जिम्मेवारी सम्हालेका हुन्। 

यूएन मिसनको प्रमुख अर्थात् फोर्स कमान्डरको भूमिका पाउने हमाल छैँटौं नेपाली सैनिक अधिकारी हुन्। 

सैनिक मुख्यालयले जारी गरेको विज्ञप्तिअनुसार हमालले कार्यभार सम्हाल्दै मिसनका लक्ष्यहरु हासिल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए। 

साथै, हमालले सबैको सहयोगको अपेक्षा रहेको पनि बताएका थिए। 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हमाललाई फागुन १२ मा उक्त पदमा नियुक्त गरेका थिए। 

प्रकाशित मिति: : 2020-08-01 13:42:22

प्रतिकृया दिनुहोस्