एफए कपको उपाधि आर्सनलले जित्यो

एजेन्सी

काठमाडौँ

आर्सनलले एफए कपको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनलमा चेल्सीलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको हो ।

आर्सनलको जितमा दुवै गिल पिएरे एमरिक अउबामेयांगले गरेका थिए । उनले खेलको २८औ मिनेट र ६७औ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै चेल्सीका लागि भने एक गोल क्रिस्टियन पुलासिकले गरेका थिए ।

खेलको ७३औ मिनेटमा चेल्सीका माटेओ कोभाकिकले रातो कार्ड पाएर मैदान छोडेपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।

योसँगै आर्सनलले सबैभन्दा धेरै १४औ पटक एफए कपको उपाधि जितेको छ ।  त्यस्तै आर्सनल अहिलेसम्म साट पटक फाइनलमा पराजित समेत भएको छ ।

आर्सनलपछि धेरै पटक एफए कप उपाधि जित्ने टिम म्यानचेस्टर युनाइटेड हो । युनाइटेडले १२ पटक जितेको छ भने चेल्सी र टोटनह्यामले ८-८ पटक जितेका छन् ।    

प्रकाशित मिति: : 2020-08-02 08:29:44

प्रतिकृया दिनुहोस्