रुसले अक्टुबरमा कोरोनाको भ्याक्सिन परीक्षणमा ल्याउने

एजेन्सी

मस्काे

रुसले अक्टुबरमा कोरोना भाइरसविरूद्ध ठूलो मात्रामा भ्याक्सिन कार्यक्रमको आयोजना गर्ने भएको छ।

रुसको स्वास्थ्य मन्त्री मिखायल मुरास्कोले स्वास्थ्य मन्त्रालयले भ्याक्सिन कार्यक्रमको तयारी गरिरहेको बताए। उनले सबैभन्दा पहिले चिकित्सक तथा शिक्षकलाई भ्याक्सिन लगाइने जानकारी दिए। 

रोयर्टसको रिपोर्ट अनुसार रुसको कार्यसम्पादन समितिले यही महिना कोरोना भाइरसको भ्याक्सिनलाई स्विकृति प्रदान गर्दैछ। तर, हतारमा गरिएको यो निर्णयप्रति विशेषज्ञले चिन्ता व्यक्त गरेका छन्। 

यसअघि अमेरिकाका संक्रामक रोग विशेषज्ञ प्रमुख विशेषज्ञ एन्थनी फाउचीले रुस र चीनले भ्याक्सिनको नमुना परीक्षण गरिरहेको बताएका थिए। उनले अमेरिकाभन्दा पहिले अन्य देशले भ्याक्सिन बनाउने र अमेरिका उनीहरूसँग निर्भर रहने बताएका थिए। 

विश्वभरि कोरोनाको २० भन्दा बढी भ्याक्सिनको परीक्षण भइरहेको छ। रुसको स्वास्थ्य मन्त्री मिखायल मुरास्कोका अनुसार मस्कोस्थित गमलेया इन्सिच्युटले रुसी भ्याक्सिनको क्लिनिकमा ट्रायल पुरा गरेको छ। अब कागजी काम मात्र बाँकी रहेको उनको भनाई छ।  

रुसमा हालसम्म कोरोनाको ८ लाख ४५ हजार ४ सय ४३ संक्रमण देखिएको छ। जहाँ १४ हजार ५८ जनाको निधन भइसकेको छ। कोरोनाबाट हाल विश्वभरी १ करोड ८० लाख मानिस प्रभावित भएका छन्। 
 

प्रकाशित मिति: : 2020-08-02 15:58:46

प्रतिकृया दिनुहोस्