कास्कीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

कास्कीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

अन्‍नपूर्ण गाउँपालिका-१० घान्द्रुकको क्लीयूमा साेमबार ग २ च २८१७ नम्बरको जिप भीरबाट खस्दा मुस्ताङका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार शेरचनले सोमबार नै घान्द्रुकमा खाद्यान्न पुर्‍याएर पोखरा फर्किँदै थिए। क्लीयूको उकालोमा जीप पछाडि गुडेर झण्डै ५ सय मिटर तलको मोदी खोलामा पुगेको थियो।
 

प्रकाशित मिति: : 2020-08-03 17:49:06

प्रतिकृया दिनुहोस्