रोनाल्डोले किने विश्वकै महंगो कार

इटालीको युभेन्ट्स क्लबका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वको सबैभन्दा महंगो कार बुगाती ला वोचर नोयर खरिद गरेका छन्।

कारको मूल्य नै ८ दशमलव ५ मिलियन डलर पर्छ। यो कारको खरिदसँगै रोनाल्डोसँग कारको सबै खाले सिरिज पुरा भएको छ। 

इटालीमा उनको आगमनसँगै युभेन्ट्सले ९ औं पल्ट सिरिया ‘ए’ को उपाधि जितेको थियो। उनले यो सिजनअन्तर्गत ३१ खेलमा ३२ गोल गरेका थिए। रोनाल्डोले इन्स्टाग्राममा कारको फोटो सेयर गरेका छन्। उनी लेख्छन्, ‘हेर्नुछ, आफै छनोट गर्नुहोस्।’

रोनाल्डो कारको सौखिन मानिन्छन्। उनीसँग बुगाटी भेरोन ग्राण्ड स्पोर्ट्स भिटेसी, फरारी ५९९ जीटीओ, लेम्बोर्गिनी अन्वेतडो, म्याकलोरेन एमपी ४१२ सी जस्ता कारको शृंखला छ। उनले गत जुनमा एउटा पानी जहाज ५ दशमलव ५ मिलियन डलरमा किनेका थिए। 

भर्खरै किनेको बुगाती कार ३ सय ८० किमी प्रति घण्टाको रफ्तारमा दौडिन्छ। यो २ दशमलव ४ सेकेन्डमा ६० किमी प्रति घण्टाको बेगले दौडिन्छ।

प्रकाशित मिति: : 2020-08-04 16:26:12

प्रतिकृया दिनुहोस्