भिभोले भारतीय क्रिकेटसँग वार्षिक ४४० करोडको सम्झौंता रद्द गर्न सक्ने 

एजेन्सी

मुम्बई

इन्डियन प्रिमियर लिग (आइपीएल) को मुख्य प्रायोजक चिनियाँ कम्पनी भिभोले प्रायोजन सम्झौंता रद्द गर्ने सम्भावना बढेर गएको छ। 

भारत र चीनबीच बढ्दो सीमा विवादलाई लिएर भारत सरकार चिनियाँ सामानप्रति आक्रामक बनेको छ। यस्तो अवस्थामा भिभोले आफैं प्रायोजन सम्झौंता तोड्ने सम्भावना बलियो भएको भारतीय अखबारहरूले बताएका छन्। 

भिभो र भारतीय क्रिकेट बोर्डबीच २०२२ सम्म सम्झौंता छ। जसअनुसार भिभोले प्रत्येक वर्ष भारतीय क्रिकेटलाई ४ सय ४० करोड रुपैयाँ उपलब्ध गराउँदै आएको थियो।

पाँच सालको सम्झौंता समाप्त हुन २ वर्ष बाँकी छ।

प्रकाशित मिति: : 2020-08-04 19:06:38

प्रतिकृया दिनुहोस्