नेपालसँग आत्मीय सम्बन्ध माता जानकीका कारण जोडिएकाे हाे: माेदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको रामसँग आत्मीय सम्बन्ध माता जानकीका कारण जोडिएको बताएका छन्। 

भारतको उत्तर प्रदेशस्थित राम मन्दिर निर्माणका लागि शिलान्यास कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्। 

उनले रामसँग जोडिएका सबै देशमा अयोध्यामा राम मन्दिर निर्माणको खबर सुनेर सुखद अनुभूति भइरहेको बताए।

‘अयोध्यामा राम मन्दिर निर्माणको खबर सुनेर सुखद अनुभूति भइरहेको होला। राम सबै ठाउँमा छन्, सबैमा छन्। विश्वकै धेरै मुस्लिम जनसंख्या भएको इण्डोनेशियामा पनि राम पाठ हुन्छ,’ मोदीले भने।

 मोदीले हरेको कुनै काम सुरु गर्नुभन्दा पहिले रामलाई नै सम्झिने गरेको उल्लेख पनि गरे। यसका साथै उनले राम हरेक ठाउँमा रहेको पनि बताए। 

‘भारतको दर्शन,आस्था,आदर्श,दिव्यतामा राम छन्। भगवान बुद्ध–जैन धर्म पनि रामसँग जोडिएको छ। देशका हरेक राज्यमा अलग अलग रुपमा रामलाई सम्झिने गरेका छन्। कम्बोडिया, श्रीलंका, चीन, इरान र नेपालसमेत विश्वका धेरै देशमा रामको नाम लिइन्छ,’ मोदीले भने।

यस्तै उनले मन्दिरले आउँदो पिढीलाई आस्था श्रद्धा र संकल्पको प्रेरणा दिने उल्लेख गरे।  ‘राम मन्दिर आधुनिक संस्कृतिको प्रतिक बन्नेछ। राष्ट्रिय भावनाको प्रतिक बन्नेछ। सामूहिक संकल्प शक्तिको प्रतिक बन्नेछ। मन्दिरले यो क्षेत्रको अर्थतन्त्र पनि बदलिनेछ। हरेक क्षेत्रमा अवसर बदलिनेछ,’ उनले भने।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ५ सय वर्ष लामो संकल्प र कडा संघर्ष लोकतान्त्रिक तथा संविधान सम्मत तरिकाले सम्पन्न भएको बताए।

उनले राम मन्दिर निर्माणको प्रक्रिया राष्ट्रलाई जोड्ने, विश्वासलाई वर्तमान जोड्ने कदम भएको बताए। 

प्रकाशित मिति: : 2020-08-05 15:05:37

प्रतिकृया दिनुहोस्