डच क्लब आयाक्सका १३ खेलाडी र स्टाफमा कोरोना संक्रमण

एजेन्सी

काठमाडाैं

डच क्लब आयाक्सका १३ जना खेलाडी र स्टाफमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आयाक्सले आफ्ना ९० खेलाडी, प्रशिक्षक र स्टाफमा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण देखिएको बताएको छ।

‘टोलीका धेरै खेलाडीमा कोरोना संक्रमण देखिएको थियो,’ आयाक्सको संचार प्रमुख मिल ब्रिन्खुइसले भने, ‘ तर, अहिले सबै जना निको भइसकेका छन्।’

स्मरण रहोस् कोरोनाको कारण डच लिग रद्द हुँदा शीर्ष स्थानको आयाक्सले यस सिजनको उपाधि जितेको थियो।

प्रकाशित मिति: : 2020-08-06 05:50:34

प्रतिकृया दिनुहोस्