पुनरागमन जितसहित युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी

काठमाडाैं

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अन्तिम १६ को दोस्रो लेगमा बुधबार राति भएकाे दोस्रो लेगकाे खेलमा पछि परेको युनाइटेडले पुनरागमन गरी जित दर्ता गरेको हो। 

दोस्रो लेगमा अस्ट्रियन क्लब एलएएसकेलाई २–१ ले पराजित गरेर समग्रमा ७–१ को जितसहित युनाइटेड अन्तिम ८ मा पुगेको हो। 

पहिले लेगमा युनाइटेड ५–० ले विजयी भएको थियो।

एलएएसकेका लागि ५५ औँ मिनेटमा कप्तान फिलिप विइसिन्जरले गोल गरेर सुरुवाति अग्रता दिलाए।

तर त्यसको दुई मिनेटपछि जेसी लिङ्गार्डले गोल गरेर युनाइटेडलाई बराबरीमा फर्काए। 

यस्तै खेलकाे ८८ औँ मिनेटमा एन्थोनी मार्सलले गोल गरेसँगै युनाइटेड २–१ ले विजयी भयो।

अब सेमिफाइनल प्रवेशका लागि युनाइटेडले एफसी कोपनहेगनसँग प्रतिस्पर्धा गर्ने छ। इस्थानबुल बासाक्सेहिरलाई समग्रमा ३–१ ले पराजित गरेर कोपनहेगनले पनि अन्तिम ८ मा स्थान बनाएको छ।

प्रकाशित मिति: : 2020-08-06 06:21:17

प्रतिकृया दिनुहोस्