भारतमा २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी

काठमाडौं

भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार नाघेको छ। बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५६ हजार ६२६ जना संक्रमित भएका छन्। भारतमा पछिल्लो २४ घन्टामा विश्वमै सबैभन्दा बढी सक्रमित थपिएका हुन्।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार २३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो।

संक्रमितमध्ये अहिलेसम्म १३ लाख २७ हजार २०० जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ९५ हजार ३०० जनाको उपचार भइरहेको छ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ९१९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४० हजार ७३९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-06 08:17:52

प्रतिकृया दिनुहोस्