खाली मैदानमा पुनः च्याम्पियन्स लिगको खेल सुरु, थुक्ने खेलाडीलाई ‘पहेँलो कार्ड’ 

एजेन्सी

म्युनिख

कोरोना भाइरस संक्रमणका कारण १ सय ४८ दिन बन्द भएको क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित खेल मेला च्याम्पियन्स लिग बिहीबारबाट सुरु हुँदैछ। 

आजबाट सुरु हुने खेलमा कोरोनाका कारण दर्शक रंगशालामा उपस्थित हुने छैनन्। यस्तै, मैदानमा थुक्ने खेलाडीले पहेँलो कार्डको सामना गर्नुपर्ने छ। यस्तै, संक्रमणलाई कम गर्न खेल अवधिभर ३० फुटबलको प्रयोग हुनेछ। 

८ टिमको बीच १७ दिनमा ११ खेल हुनेछ। फाइनल समेत सबै खेल पोर्चुगलको राजधानी लिस्बनमा नेपाली समयअनुसार राती पौने एक बजेदेखि सुरु हुनेछ। 

च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलमा लेग–२ को ४ खेल हुन बाँकी छ। जुन ७ र ८ अगस्टमा हुनेछ। शुक्रबार दुई खेल युभेन्ट्स–लियोन तथा म्यानचेस्टर सिटी–रियाल म्याड्रिडबीच हुनेछ। अघिल्लो दिन बार्सिलोना र नेपोलीबाहेक वायर्न म्युनिख र चेल्सीबीच हुनेछ। 

च्याम्पियन्स लिगबाट डिफेन्डिङ च्याम्पियन लिभरपुल बाहिर भइसकेको छ। एट्लेटिको म्याड्रिडले लिभरपुललाई हराएर क्वाटरफाइनलको बाटो तय गरिसकेको छ। यस्तै, अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बोरुसिया डर्टमुण्डलाई २–० ले हराएको थियो। 

यसपालि कोरोना सब्सिच्युटअन्तर्गत ३ को स्थानमा ५ खेलाडी परिवर्तन गर्ने सुविधा छ। 

अहिलेसम्म ३२ टिमले कूल १ सय १९ खेलमध्ये १ सय ८ खेल खेलिसकेका छन्। यसमा प्रति खेलमा ३ गोलको हिसाबले ३ सय ४४ गोल भएको छ।

प्रकाशित मिति: : 2020-08-07 15:01:26

प्रतिकृया दिनुहोस्