युभेन्ट्सलाई पराजित गर्दै लियोन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी

काठमाडाैं

युभेन्ट्सलाई पराजित गर्दै फ्रेन्च क्लब लियोन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अन्तिम १६ को दोस्रो लेगको खेलमा शुक्रबार राति युभेन्ट्सविरुद्ध अवे गोलमा जित निकाल्दै लियोनले अन्तिम ८ को यात्रा तय गरेको हो।

दोस्रो लेगको खेल २–२ गोलको बराबरीमा सकिएपछि अवे गोलका आधारमा लियोन क्वाटरफाइनलमा प्रवेश गरेको हो।

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्ट्सा लागि प्रयाप्त बन्न सकेन। 

पहिलो लेगको खेलमा लियोनले १–० ले अग्रता लिएको थियो।

मेम्फिस डिपेले १२ औं मिनेटमा लियोनलाई अग्रता दिलाएका थिए।

तर ४३ ‌औँ मिनेटमा रोनाल्डोको पेनाल्टी गोलसँगै युभेन्ट्स खेलमा फर्किएको थियो। डिपेको ह्याण्ड बलमा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

६० औं मिनेटमा रोनाल्डोले दाेस्राे गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए। तर दुवै पक्षबाट थप गोल हुन नसकेपछि लियोनकाे भाग्य चम्किएकाे हाे।

प्रकाशित मिति: : 2020-08-08 06:22:45

प्रतिकृया दिनुहोस्