हङकङकी प्रमुख कार्यकारी लामसहित १० उच्च अधिकारीमाथि अमेरिकाले लगायाे प्रतिबन्ध

हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित १० उच्च अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।

राज्यकोष मन्त्रालयले लगाएको प्रतिबन्धमा लामसँगै हङकङका प्रहरी कमिशनर तथा राजनीतिक अधिकारीहरु रहेका छन्।

पछिल्लो समय अमेरिका र चीनबिचको तनाव लगातार बढ्दै गएको छ।

चीनले हङकङमा नयाँ सुरक्षा कानून लागु गरेसँगै कडा नीति लिएपछि तनाव झन चुलिएकाे हाे। 

यसैलाई निरन्तरता दिँदै अमेरिकाले लाम र हङकङ तथा चीनका १० शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको हाे।

लाममाथि प्रतिबन्ध लगाउनु केही अघि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चिनियाँ लाेकप्रिय एप कम्पनी वीच्याट र टिकटकमाथि प्रतिबन्द लगाउने निर्णय गरेका थिए।

तर चिनले लाममाथि स्वतन्त्रता खुम्च्याउने र प्रजातान्त्रिक अभ्यास साँघुरो बनाउने नीति लागु गरेको आरोप लगाएको छ।

यद्यपी लामपनि विवादमा तानिरहने पात्र हुन्। उनी लगातार आलोचनाको केन्द्रमा रहँदै आएकी छन्।  

गएको वर्ष सुपुर्दगी सम्बन्धी विधेयकलाई लिएर लामो समय विरोध प्रदर्शन भएपछि उनी सो विधयेक फिर्ता लिन बाध्य भएकी थिइन् ।

गत अप्रिल महिनामा ल्याइएको उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई चीनमा सुपुर्दगी गर्न मिल्ने व्यवस्था प्रस्ताव गरिएको थियो।

 

प्रकाशित मिति: : 2020-08-08 08:14:09

प्रतिकृया दिनुहोस्