९५ वर्षको उमेरमा महाथिर मोहम्मद अर्को पार्टी खोल्दै

एजेन्सी

क्वालालम्पुर

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले शुक्रबार नयाँ पार्टी निर्माण गर्ने घोषणा गरेका छन्।

९५ वर्षीय महाथिरले भने, ‘पार्टीको अध्यक्ष मेरो छोरा मुखरिज महातिर हुनेछन्। पार्टीको नाम जुराईसकिएको छैन। पार्टी दर्ताका लागि आवश्यक कागजपत्र मिलाउने काम भइरहेको छ। यो छिट्टै हुनेछ।’

यसअघि महाथिर मलेसियाई युनाइटेड इन्डिजिनियस पार्टीमा आवद्ध थिए। पार्टीले उनलाई कार्यवाही स्वरुप निकालेपछि क्वालालम्पुर उच्च अदालतममा मुद्धा दर्ता गराएका थिए। तर, मुद्धा उनको पक्षमा भएन।
 
महाथिरले यो पार्टीको स्थापना मुहिउद्दीन यासिनसँग मिलेर सन् २०१६ मा गरेका थिए। २०१८ मा चुनाव जितेपछि उनी प्रधानमन्त्री भएका थिए। 

यही वर्षको सुरुवातमा ‘कू’ गर्दै यासिनले प्रधानमन्त्री पदबाट महाथिरलाई निकालेर आफू सो पदमा बसेका थिए। यद्धपि यासिनको पार्टीभित्र संसदीय दलमा बहुमत छैन। 

९५ वर्षको उमेरमा पनि राजनीतिमा सक्रिय महाथिरले भने, ‘म सुन्न पनि सक्छु। जवाफ पनि दिन सक्छु।’

प्रकाशित मिति: : 2020-08-08 23:01:44

प्रतिकृया दिनुहोस्