'ट्राभल हिस्ट्री' नभएका संक्रमित भेटिन थालेपछि मोरङका १० स्थानीय तहमा लकडाउन

'ट्राभल हिस्ट्री' नभएका कोरोना संक्रमित भेटिन थालेपछि मोरङका १० वटा स्थानीय तहले लकडाउन घोषणा गरेका छन्।

मोरङमा १७ वटा स्थानीय तह छन्। तीमध्ये मोरङको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी र उर्लाबारी नगरपालिकाले लकडाउन घोषणा गरेका हुन्। त्यस्तै धनपालथान र कानेपोखरी गाउँपालिकाले पनि लकडाउन गरेका छन्।

मोरङमा सबैभन्दा पहिले १६ साउनमा विराटनगर महानगरपालिकाले लकडाउन गरेको थियो। विराटनगरमा मात्र कोरोना संक्रमितको संख्या २८३ पुगेको छ।

संघीय सरकारले ११ चैतबाट सुरु लकडाउन ७ साउनबाट अन्त्य गर्दा मोरङमा कोरोना संक्रमितको संख्या २ सय ११ थियो। तर आइतबारसम्म संक्रमितको संख्या ५७१ पुगेको छ। संक्रमणका कारण ६ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: : 2020-08-09 19:46:26

प्रतिकृया दिनुहोस्