ब्राजिलमा कोराेना संक्रमणबाट एक लाख एक हजारभन्दा बढीको ज्यान गयाे

एजेन्सी

काठमाडाैं

ब्राजिलमा कोराेना भाइरस संक्रमणका कारण एक लाख एक हजारभन्दा बढीको मानिसको ज्यान गएको छ।

अहिलेसम्म यहाँ एक लाख एक हजार ४९ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित देशमध्येमा पर्ने ब्राजिलमा कुल संक्रमितको संख्या ३० लाख ३५ हजार भन्दा धेरै पुगेको छ।

ब्राजिलमा पहिलो ५० हजार मानिसको मृत्यु हुन तीन महिना लागेको थियो। तर ५० दिनमा थप ५० हजार भन्दा बढी मानिसको मृत्यु भयाे।

विश्वभर अहिलेसम्म एक करोड ९७ लाख ६९ हजार भन्दा बढी कोरोना संक्रमित छन्। त्यसमध्ये सात लाख २९ हजार भन्दा बढीको ज्यान गएको छ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५० लाख ४१ हजार भन्दा बढी संक्रमित छन्। यस्तै एक लाख ६२ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ।

भारतमा २१ लाख ५३ हजार भन्दा बढी मानिस संक्रमित छन् भने ४३ हजार तीन सय भन्दा बढीको ज्यान गएको छ।
 

प्रकाशित मिति: : 2020-08-10 07:01:08

प्रतिकृया दिनुहोस्