भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना पोजेटिभ

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना संक्रमण देखिएको छ। सोमबार उनले ट्वीट गर्दैै आफूलाई कोरोना संक्रमण सकारात्मक देखिएको बताएका छन्। 

उनले सोमबार आफू अन्य चेकअपका लागि गएको तर कोरोना पोजेटिभ देखिएको बताए। उनले आफ्नो सम्पर्कमा आउने व्यक्तिलाई सतर्क रहन र परीक्षण गराउन आग्रह गरेका छन्।

उनले ‘सेल्फ आइसोलेसन’ मा बस्न पनि आग्रह गरेका छन्।

प्रणव भारतका १३ औं राष्ट्रपति हुन्। उनी सन् २०१२–१७ सम्म राष्ट्रपति नियुक्त थिए।

तीन वर्षअघि उनको स्थानमा रामनाथ कोबिन्द भारतको १४ औं राष्ट्रपति बनेका थिए। प्रणव भारतीय कांग्रेसका बरिष्ठ नेता थिए।

उनले गृह, रक्षा तथा अर्थ मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालयको कार्यभार पनि सम्हालिसकेका छन्। उनलाई गत वर्ष भारतको सबैभन्दा ठूलो सम्मान भारत रत्नबाट सम्मानित गरिएको थियो।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमरिका र  ब्राजिलपछि सबैभन्दादा प्रभावित मुलुक भारतमा अहिलेसम्म २२ लाख १७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। यसमध्ये ४४ हजार ५ सयको ज्यान गइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा पछिल्लो समय हरेक दिन ५५ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। यसअघि गृह मन्त्री अमित शाहसहित विभिन्न क्षेत्रका वरिष्ट अधिकारीहरू कोरोनाबाट संक्रमित भएका छन्।

लामो समयदेखि लगाएको लकडाउन सकिएसँगै भारतमा संक्रमणदर तिब्र रूपमा वृद्धि भइरहेको हो।
भारतमा पछिल्लो २४ घन्टामा मात्र ६२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा कोरोनाकै कारण १ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: : 2020-08-10 14:15:00

प्रतिकृया दिनुहोस्