इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा

इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

क्वाटरफाइनल अन्तर्गत सोमबार राति भएको खेलमा इन्टर मिलानले बायर लेभरकुजनलाई २–१ ले पराजित गरेर अन्तिम चारमा स्थान पक्का गरेको हो।

इन्टर मिलानको जितमा निकोलो बारेला र रामेलु लुकाकुले एक एक गोल गरे। बायर लेभरकुजनका लागि काई हाभर्ट्जले एक गोल फर्काएपनि पर्‍याप्त बन्न सकेन।

१५ औँ मिनेटमा बारेलाले गोल गरी इन्टर मिलानलाई सुरुवाति अग्रता दिलाए।

यस्तै खेलकाे २१ औँ मिनेटमा मिलानले अग्रता दोब्बर बनायाे। उसका लागि लुकाकुले गोल गरे।

तर २४ औँ मिनेटमा हाभर्ट्जले बायरका लागि एक गोल फर्काए। बाँकी समय गाेल हुन नसक्दा मिलान बिजयी भयाे।

प्रकाशित मिति: : 2020-08-11 06:31:59

प्रतिकृया दिनुहोस्