रुसको कोरोना भ्याक्सिनलाई फिलिपिन्सको समर्थन

एजेन्सी

फिलिपिन्स

रुसले दावी गरेको कोरोनाको भ्याक्सिनको पक्षमा फिलिपिन्स उभिएको छ। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले रुसप्रति आफ्नो विश्वास रहेको बताउँदै छिट्टै भ्याक्सिन खरिद गर्ने जानकारी दिएका छन्। 

उनले रुसले निर्माण गरेको भ्याक्सिनको विषयमा उठिरहेको प्रश्नको जवाफ दिने क्रममा यसको प्रयोग आफूबाटै गर्ने जानकारी दिए। ‘म जनताको बीचमा गएर भ्याक्सिनको सबैभन्दा पहिलो प्रयोग आफूमाथि गर्नेछु। मलाई समस्या छैन,’ उनले भने। 

रुसले केही समयअघि मात्र रोड्रिगोलाई भ्याक्सिन प्रयोग गर्न प्रस्ताव गरेको थियो तर उनले अस्विकार गरेका थिए। 

उनी आफ्नो पुरानो भनाईबाट पल्टिएका छन्। उनले अब रुससँग मिलेर क्लिनिकल परीक्षण गर्ने र स्थानीय स्तरमा भ्याक्सिनको निर्माण गर्ने बताए। रुसले आफ्नो भ्याक्सिन गाम–कोभिड भ्याक लियोको रजिस्ट्रेसन ११ अगस्टमा गरेको थियो।

 फिलिपिन्समा हालसम्म कोरोनाको १ लाख ३६ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन्। पूर्वी एसियामा फिलिपिन्स सबैभन्दा बढी संक्रमित देश हो।

प्रकाशित मिति: : 2020-08-12 09:39:50

प्रतिकृया दिनुहोस्