अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ घटनाः बुवाले नै छोरालाई जरिवाना लगाए

इंग्ल्याण्डका तीब्र बलर स्टुअर्ट ब्रोड आफ्नै बुवाबाट ‘म्याच फी’ को जरिवाना तिर्ने पहिलो क्रिकेट खेलाडी बन्न पुगेका छन्। 

स्टुअर्टका बुवा क्रिस ब्रोड ‘म्याच रेफ्रि’ हुन्। उनी इंग्ल्याण्ड र पाकिस्तानबीच म्यानचेस्टमा भएको पहिलो टेस्टमा ‘म्याच रेफ्रि’ बसेका थिए।

स्टुअर्टमाथि पाकिस्तानी स्पिनर यासिर शाहलाई आउट गरेपछि भद्धा गाली दिएको आरोप लागेको थियो। यो आरोप पाकिस्तानले दास्रो इनिङमा ब्याटिङ गर्ने क्रममा ४६ ओभरमा लागेको थियो। 

यही कारण क्रिसले ‘म्याच फी’ बाट १५ प्रतिशत जरिवाना गर्ने आदेश दिएका थिए। मैदानमा खटिएका अम्पायर रिचर्ड केटलब्रो र रिचर्ड इलिङ्बर्थ, तेस्रो अम्पायर माइकल गोफ र चौथो अम्पायर स्टिभ ओहेगुनेसले स्टुअर्टमाथि आरोप लगाएका थिए। 

जसलाई बुवा क्रिसले स्विकार गरेका थिए। ब्रोडले २४ महिनाभित्र तेस्रो पल्ट डिमेरिट अंक प्राप्त गरेका हुन्। 

उनीमाथि २७ जनवरी २०२० मा दक्षिण अफ्रिकाविरूद्ध चौथो टेस्ट र १९ अगस्ट २०१८ मा भारतविरूद्ध तेस्रो टेस्टमा पनि यस्तै आरोप लागेको थियो।

प्रकाशित मिति: : 2020-08-12 11:42:06

प्रतिकृया दिनुहोस्