‘कलाका नाममा चर्तिकला भयो’

बाह्रखरी

काठमाडौं

केही वर्षयता गीत–संगीतको क्षेत्रमा ठूलो परिमाणमा लगानी भइरहेको छ । वार्षिक अर्बौं रुपैयाँ लगानी भइरहे पनि गीतको गुणस्तरमा भने उल्लेख्य विकास नभएको स्वयं कलाकारहरू  बताउँछन् । तर मौलिक अथवा लोकगीतको सन्दर्भमा भने यो प्रश्न झन् धेरै उठ्दै आएको छ । लोकगीतका नाममा आएका गीतले धज्जी उडाएको टिप्पणी हुँदै आएको छ ।

यो तथ्य राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि स्वीकार गर्छ । तर पनि प्रतिष्ठानसँग यसलाई रोक्ने कुनै अधिकार तथा तागत नभएको अध्यक्ष रमेशी बीजी बताउँछन् । किन लोकगीतका नाममा प्रयोग भइरहेको छ ? गीतमा भन्दा भिडियोमा किन धेरै जोड दिन थालियो ? लोकगीतमा व्यावसायिकता खोज्न सकिन्छ ? यी र यस्तै प्रश्न प्रतिष्ठानका अध्यक्ष बीजीसँग बाह्रखरीका नरेश फुयाँलले गरेका छन् । 

लोकगीत–संगीतका सर्जकका लागि तिज उर्वर समय हो, कत्तिको कलम चलिरहेको छ ? 

कलम चल्नलाई दिमाग शान्त हुने पर्ने रहेछ । यो महामारीमा दिमाग आशान्त हुँदो रहेछ । त्रास बसिरहँदो रहेछ । कुनै पनि कुरामा गहिरिएर सोच्न नसकिँदो रहेछ । त्यसैले यो लामो लकडाउनको फुर्सदमा पनि उल्लेखनीय सिर्जना गर्न सकिएन । मैले मात्रै हो कि भनेर अरू स्रष्टालाई पनि सोधेँ उहाँहरूले पनि के भइरहेको हो, के हुँदै छ भन्ने त्रासले काम गर्न सकिएन भन्नुभयो । सिर्जनाका लागि अन्योलग्रस्त समय रह्यो यो ।

प्रकाशित मिति: : 2020-08-12 12:23:47

प्रतिकृया दिनुहोस्