कोरोनमुक्त घोषित न्युजिल्यान्डमा एक सय दुई दिनपछि चारजना संक्रमित भेटिए

एजेन्सी

काठमाडौं

कोरोना संक्रमणमुक्त घोषणा गरिएको न्युजिल्यान्डमा एक सय दुई दिनपछि चार जनामा संक्रमण भेटिएकाे छ। 

सरकारी अधिकारीहरूले नयाँ चार जना संक्रमित भेटिएको पुष्टि गरेका छन्। संक्रमित भएका चारैजना एकै परिवारका हुन् । 

यसैबिच न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नलाई उद्धृत गर्दै वासिङ्टन पोष्टले संक्रमण फैलिन नदिन फेरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गर्ने तयारी भएको उल्लेख गरेको छ। 

प्रधानमन्त्री जासिन्डाले सबैलाई घरमै बस्न र मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायतका आधारभूत सतर्कताहरू अपनाउन आग्रह गरेकी छिन् । 

प्रधानमन्त्री जासिन्डाले कोरोनाका विरुद्धमा सबैजना फेरि एकपटक एकजुट भएर लड्ने र परास्त गरिछाड्ने बताएकी छिन्। 

प्रकाशित मिति: : 2020-08-12 16:05:35

प्रतिकृया दिनुहोस्