एन्फाको केन्द्रीय कार्यालय एक साता बन्द

अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुरस्थित सातदोबाटोमा रहेको केन्द्रीय कार्यालय एक साता बन्द हुने भएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले बुधबार विज्ञप्ति जारी गर्दै कोरोनाको बढ्दो संक्रमणको जोखिमका कारण एन्फाले एक साता कार्यालय बन्द गर्ने निर्णय गरिएको बताए। 

‘कोरोना संक्रमणको दर बढ्दै गएको र सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण तथा व्यवस्थापन गर्ने निकायहरुबाट सावधानी अपनाउन सुचित गरेकाले कार्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित मिति: : 2020-08-12 18:20:43

प्रतिकृया दिनुहोस्