पाकिस्तान र इङ्ल्यान्डबीचको दास्रो टेस्ट सुरू

 इंग्ल्याण्ड र पाकिस्तान बीचको तीन खेलको टेस्ट सिरिज अन्तर्गत दोस्रो खेल बिहीबारबाट सुरू भएको छ। 

साउथह्ययाम्टनिस्थत रोज बाउल स्टेडियममा सुरू खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

पाकिस्तानले यो समाचार तयार गर्दासम्म एक विकेटको क्षतिमा ५१ रन बनाएर क्रिजमा छ। पहिलो टेस्टको तुलनामा पाकिस्तान टिमले एक परिवर्तन गरेको छ। जहाँ ११ वर्षपछि शादाब खानको स्थानमा फवाद आलमलाई टिममा स्थान दिएको छ।

पहिलो इनिङमा आबिद अली र अजहर अली क्रिजमा छन्। शान मसुद १ रन बनाएर जेम्स एन्डरसनको बलमा एलबीडव्लुको शिकार भए पनि अन्य दुई खेलाडीले संयमित प्रदर्शन गरिरहेका छन्। इङ्ग्ल्यान्डले पनि आफ्नो टिममा केही परिवर्तन गरेको छ। जहाँ बेन स्टोक्स र जोफ्रा आर्चरको ठाउँमा जैक क्राउली र साम करनलाई स्थान दिएको छ।

स्टोक्स पारिवारिक कारण टिम बाहिर रहेका छन्।

यसअघि इङ्ग्ल्यान्डले जुलाई २०१० मा पाकिस्तानविरूद्धको सिरिज ३-१ ले जितेको थियो। त्यसयता इङ्ग्लिस टिमले पाकिस्तानसँग १० वर्षमा ४ टेस्ट सिरिज खेले पनि जित निकाल्न सकेको छैन। 

जसमा पाकिस्तानले २०१२ र २०१५ मा पाकिस्तानले दुई सिरिज जितेको थियो। जुन युएईमा भएको थियो। जबकि इङ्ग्ल्यान्डमा २०१६ तथा २०१८ मा भएका दुई टेस्ट सिरिज ड्र भएको थियो।

प्रकाशित मिति: : 2020-08-13 19:15:39

प्रतिकृया दिनुहोस्