भरतपुर महानगरपालिकामा शनिबारदेखि निषेधाज्ञा

कोरोना भाइरसको संक्रमित संख्या बढ्दै गएपछि भोलि शनिबारदेखि भरतपुर महानगरपालिकाभित्र निषेधाज्ञा जारी गरिने भएकाे छ ।

शुक्रबार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तिराज गुरुङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रमुखहरूबीच भरतपुर महानगरपालिकामा भएको छलफलबाट महानगरभित्र कम्तीमा एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मेयर रेणु दाहालले बताइन् । 

निषेधाज्ञा जारी भएसँगै महानगर क्षेत्रभित्र सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प हुनेछ भने उद्योग तथा कलकारखानाहरू सञ्चालनमा समेत कडाइ गरिनेछ । 

कलकारखाना सञ्चालनका लागि कारखानाभित्रै बस्नेहरूबाट मात्रै सञ्चालन गर्न पाइने बैठकले निर्णय लिएको छ । 

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न पाइनेछ । त्यो पनि स्वास्थ्य सुरक्षाको उच्चतम उपाय अपनाएर मात्रै सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कडा कारबाही गरिने उनले बताए ।

प्रकाशित मिति: : 2020-08-14 12:36:08

प्रतिकृया दिनुहोस्