सुनसरीमा एक युवकको हत्या

सुनसरी भोक्राहा नरसिंह गाउँपालिका –७ का एक युवकको हत्या गरिएको छ । बिहीबार साँझ स्थानीयवासी २१ वर्षीय गुनराज यादवको धरिलो हतियार प्रहार गरी हत्या गरेर सुनसरी खोलामा फ्याँकिएको अवस्थामा आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यादवलाई हत्या गरेर हातखुट्टा डोरीले शव बाँधेर बोराभित्र ढुङ्गा राखेर फ्याँकेको अवस्थामा इनरुवा –९ र भोक्राहा नरसिंह गाउँपालिका–५ को सीमामा रहेको सुनसरी खोलामा फ्याँकिएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।  हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
 

प्रकाशित मिति: : 2020-08-15 22:46:05

प्रतिकृया दिनुहोस्