अध्यागमन विभागले सबै प्रकारका भिसा सम्बन्धि सेवा बन्द गर्ने निर्णय गरेको छ।
विभागले सोमबार एक सूचना जारी गर्दै सरकारको निर्णय अनुसार सबै प्रकारका भिसा बन्द गर्ने निर्णय गरिएको बताएको छ।
जसअनुसार विभागले यसअघि अनलाइन, भर्चुअल र इलेक्ट्रिक सेवा समेत उपलब्ध नहुने स्पष्ट पारेको छ।
विभागका अनुसार विदेशी नागरिकको हकमा मार्च २१ सम्म भिसा अवधि भएका र आफ्नो देश फर्कन नपाएका हरुको हकमा अन्तर्राष्ट्रिय उडान खुला नहुँदासम्म भिसा शुल्क नलिने निर्णय गरेको छ। यसमा भिसा शुल्क, जरिवाना र विलम्ब शुल्क लाग्ने छैन।
साथै, १५ अगष्टदेखि डिसेम्बर १५ सम्म भने साधारण भिसा शुल्क लाग्नेछ ।