रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।

मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ। उनी भर्खरै १ सयाैं वर्ष पार गरेका थिए। 

श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उनकाे घरमै उपचार गरिएको थियो।

केही समय अस्पतालको उपचारपछि उनको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो।

घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन्।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए।

प्रकाशित मिति: : 2020-08-18 18:39:26

प्रतिकृया दिनुहोस्