चीनको कोरोनाविरुद्धको भ्याक्सीन आउने मिति तोकियो, मूल्य कति ?

एजेन्सी

बेइजिङ

कोरोना भाइरसको महामारीबाट यतिबेला सारा विश्व ग्रस्त छ । कोरोनासँग लडिरहेका सारा विश्व कोरोनाविरुद्धको भ्याक्सीनको पर्खाइमा छ।

यसैबिच वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन्। तर पनि अहिलेसम्म पूर्ण सफलता भने हात लाग्न सकेको छैन ।

सन् २०२१ को शुरुवातसम्ममा बजारमा कोरोनाविरुद्धको भ्याक्सीन आईसक्ने आशमा सारा विश्वबासी रहेका छन् ।

यसैबीच चीन र रुसले आफ्नो देशमा कोरोनाविरुद्धको भ्याक्सीन बनेको दाबी गरेका छन्।

साथै दर्ता पनि गराएका छन् । तर दुबै देशको तेस्रो चरणको ट्रायल बाँकी छ। चीनले बनाएको कोरोनाविरुद्धको भ्याक्सीन यो वर्षको अन्तिमसम्म अर्थात् डिसेम्बरसम्ममा बजारमा आउने सम्भावना रहेको छ ।

चीनको सरकारी पत्रिकाले मंगलवार जारी गरेको एक रिपोर्ट अनुसार यो वर्षको अन्तिसम्ममा चीनले कोरोनाविरुद्धको भ्याक्सीन बजारमा ल्याउने दाबी गरेको छ ।

साथै भ्याक्सीनको मूल्यलाई लिएर पनि रिपोर्टमा बताइएको छ । १ हजा यूआन भ्याक्सीनको मूल्य रहने बताइएको छ ।

अर्थात् नेपाली १६ हजार रुपैयाँ रहने बताइए पनि आधिकारिक रुपमा भने केहि जानकारी छैन।

प्रकाशित मिति: : 2020-08-19 23:44:59

प्रतिकृया दिनुहोस्