‘ब्ल्याक सी’मा अहिलेसम्मकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार फेला परेको टर्कीकाे दावी

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगान ‘ब्ल्याक सी’ मा अहिलेसम्मकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार फेला परेको दाबी गरेका छन्।

राष्ट्रपति अर्दोआनले शुक्रबार इस्तानबुलमा पत्रकार सम्मेलन गरी टर्कीको कालो सागरमा ग्यासको विशाल भण्डार पत्ता लगाएको जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा उनले भने, ‘टर्कीको फतेह नाम दिइएको ड्रिलिङ जहाजले ३२० अरब क्यूबिक मिटर प्राकृतिक ग्यास भण्डार फेला पार्न सफल भएको छ। यो टर्कीको इतिहासकै सबैभन्दा ठूलो ग्यास भण्डारको खोजी हो।’ 

टर्कीको यो हालसम्म कै ठूलो खोज भएको भन्दै सन् २०२३ सम्म ग्यासलाई प्रयोग गर्ने लक्ष्य लिएको समेत बताएका छन्।  

उनले हाल ग्यास भण्डार रहेको क्षेत्रको अन्य इलाकाहरुमा समेत अनुसन्धान गर्ने घोषणा गरेका छन्।

प्रकाशित मिति: : 2020-08-22 07:22:36

प्रतिकृया दिनुहोस्